शहिद लखन कपको उपाधि युएनबिसीले चुम्यो

तुलसीपुर, १२ फागुन । तुलसीपुरको अरनीको मैदानमा सम्पन्न शहिद लखन कप फुटवल प्रतियोगिता २०७७ को उपाधि युएनबिसीले हात पारेको छ । यहि फागुन २ गते आइतबार देखि तुलसीपुरमा सन्चालन भएको खेलको फाईनलमा युनाइटेट युथ क्लव तुलसीपुर र युएनविसी घोराहि विच भएको फाईनल खेलमा युएनविसी विजयी भएको खेल पत्रकार लक्ष्मण बस्नेतले जानकारी दिए । युएनविसीले युनाइटेट युथ क्लवलाई ३—१ को अन्तरले पराजित गरेको हो ।
नेपाल मगर युवा संघ तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहआयोजना र नेपाल मगर संघ तुलसीपुर नगर समितिको व्यवस्थापन तथा नेपाल मगर संघ दाङको सहकार्यमा प्रतियोगिता भएको । नेपालका प्रथम शहिद लखन थापा मगरको स्मृतिमा जिल्ला स्तरिय खुला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

त्यस्तै प्रतियोगिताको बिजेता टिमले नगद १ लाख तथा कप,मेडल,प्रमाणपत्र हात पारेको छ । उपबिजेता टिम ले नगद ५० र सेमिफाइनल सम्म पुगेका दुई टिमले १० ÷ १० हजार नगद हात पारेको प्रतियोगिता मुल आयोजक समितिका संयोजक घनश्याम पुनले जानकारी दिए । प्रतियोगितामा जिल्लाका २४ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया