बाघको छालासहित सल्यानका २ जना तुलसीपुरमा पक्राउ

तुलसीपुर, १२ फागुन / दाङको तुलसीपुरमा बाघको छालासहित सल्यानका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाघचौर नगरपालिका–९ निबासी २९ बर्षका सन्दिप डाँगी र शारदा नगरपालिका–१५ निबासी ३७ बर्षका इन्द्र बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

सल्यानबाट तुलसीपुर बजार आउँदै गरेका दुबैजनालाई तुलसीपुर–३ गोठीखोलामा चेकजाँच गर्ने क्रममा व्यागमा राखेको पुच्छुरको भागदेखि टाउकोसम्मको ४ फिट, ५ ईन्च लम्बाई र एक फिट चौडाइ रहेको एकथान बाघको छाला सहित पक्राउ गरिएको हो ।

प्रहरीले छाला ओसारपसारमा संलगन रहेको रा४प८८४७ नम्बरको मोटरसाईकल र दुई वटा मोबाईल पनि बरामद गरेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया