स्पेनिस ला लिगा : शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग पराजित

काठमाण्डौ, ९ फागुन।स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडलाई लेभान्टेले पराजित गरेको छ  आठौं स्थानमा रहेको लेभान्टेले शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो। जितसँगै लेभान्टेको ३१ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ५५ अङ्क रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको रियल मड्रिडले रियल भालाडोलिडालाई पराजित गर्दै अङ्क सुधार गरेको छ । २१ अङ्कसहित १९ स्थानमा रहेको रियल भालाडोलिडालाई १-० गोलले पराजित गर्दै रियल मड्रिडले दोस्रो स्थान कायम गर्दै ५२ अङ्क बनाएको हो ।

१२ औं स्थानमा रहेको भ्यालेन्सियाले १० औँ स्थानमा रहेको सेल्टा भिगोलाई २-० गोलले पराजित गरेको छ । लिगमा भ्यालेन्सियाको २७ अङ्क छ भने सेल्टा भिगोको ३० अङ्क रहेको छ । गएराति नै भएको अर्को यल्चीले एइबरलाई १-० गोलले पराजित गरेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार
प्रतिक्रिया