दाङ प्रहरीद्धारा लागुऔषध सहित पाँच जना पक्राउ

दाङ, ८ फागुन । लागुऔषधको कारोबार गर्ने पाँच जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । छुट्टाछुट्टै तीन स्थानबाट पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ । लागुऔषध ब्राउन सुगरसहित तुलसीपुर उपमहानगरपालीकाको जसपुरका अर्जुन केसीलाई शान्तिनगरको रगैचाबाट र रोल्पा त्रिवेणी गाउँपालीका–३ घर भइ दाङ तुल्सीपुर उपमहानगरपालीकाको बेलुवा बस्ने झक्कु प्रसाद बस्नेतलाई तुल्सीपुरको दमारगाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस्नेतको साथबाट प्रहरीले ३ ग्राम ७९ मिलिग्राम र केसीको साथबाट २३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

यसैगरी लागुऔषधका रुपमा प्रयोग हुने प्रतिबन्धित निट्राजेपाम ट्याब्लेट २० पत्ता, ट्रमाडोल १४८ पत्तासहित बबई गाउँपालिका – ४ हसनापुरका १७ वर्षीय कमल वली, २० वर्षीय चन्द्र बि।क।र राजन भुषाललाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ५ जनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया