कुनै पनि नागरिक खानेपानीबाट बञ्चित हुनुपर्दैन् : नगर प्रमुख पाण्डे

तुलसीपुर, ३० माघ । तुलससीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुर क्षेत्रमा अबै कुनै पनि नागरिक खानेपानीबाट बञ्चि नहुने बताउनु भएको छ ।

तुलसिपुर खानेपानि उपभोक्ता तथा सरसफाई संस्थाको १६ औं परिषद भेला तथा ११ औं अधिवेशनमा बोल्दै नगर प्रमुख पाण्डेले संविधानले नै खानेपानीलाई मौलिक हकका रुपमा व्यवस्था गरेकाले सोही नीति अनुसार संघिय, प्रदेश र स्थानीय सरकारले कामलाई अघि बढाएको बताउनुभयो ।

‘हामीले तुलसीपुर क्षेत्रमा खानेपानी उपभोक्ता तथा सफाई समिति र संस्थालाई भनेका छौ । यदि कुनै उपभोक्ताले खानेपानीको धारा माग्यो भने तुरुन्त खानेपानीको व्यवस्था गरिदिनुस भनेर निर्देशन दिइसकेका छौ,’नगर प्रमुख पाण्डेले भन्नुभयो–‘सकेसम्म एक घर एक धारा पु¥याउने तयारी गरेका छौ । यदि सकिएन भने आधारभूत खानेपानीको सेवा पु¥याउनेगरी काम भइरहेका छ ।’

तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज ओलीको अध्यक्षतामा भएको कार्यक्रमा सचिव मनोज लामीछनेले बार्षिक प्रतिवदेन र कोषाध्यक्ष सिताराम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार
प्रतिक्रिया