भाइले हानेको गोली लागेर दाङमा दाजुको मृत्यु

तुलसीपुर, २९ माघ । भाइले हानेको गोली लागेर दाङमा दाजुको मृत्यु भएको छ । जिल्लाको दाङ गढवा गाउँपालिका – २ चिमचिमे तिलतिले डाडाँ बस्ने बर्ष २७ को सुर्य बहादुर राना थापामगरले हानेको गोली लागेर उनका सहोदर दाजु ३९ बर्षका ईन्द्र बहादुर राना थापामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय घोराहीका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।

दाजुभाई सिकार खेल्न जंगलमा गएका थिए । बाँया हातको काखी मुनि गोली लागी घटनास्थलमै मुत्यु भएको थियो । भरुवा बन्दुकसहित भाइ सुर्यलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भालु आएको जस्तो मानेर हानेको गोली दाजुलाई लागेको थियो ।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया