राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै 

काठमाण्डौं, २९ माघ ।राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।वालिङ र चौदण्डीबीचको खेल अपरान्ह १२ बजेबाट सुरु हुनेछ ।आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।वालिङ ७ खेलमा ११ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।चौदण्डी भने अङ्कबिहीन रहदै पुछारमा रहेको छ ।

यस्तै आजै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिकाबीच खेल हुनेछ ।आर्मी र विराटनगरबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।आर्मी विराटनगरलाई हराएर शीर्ष स्थानको एपीएफलाई दबाब दिन चाहन्छ ।आर्मी १९ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।विराटनगर १० अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार
प्रतिक्रिया