प्रिमियर लिग : लिभरपुलसँग वेष्ट ह्याम युनाइटेड पराजित

काठमान्डाै ,२४ माघ ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । गएराति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलका लागि मोहम्मद सालेहले खेलको ५७ औँ र ६८ औँ मिनेटमा एकरएक गोल गरे भने जर्जेजियो वाइनाल्डमले ८४ औँ मिनेटमा गोल गरे ।

योसँगै लिभरपुलले वेष्टह्यामसँगको खेलमा ३–१ गोल अन्तरले जित निकाल्यो । जितपछि तेस्रो स्थानमा उक्लिएको लिभरपुलको २१ खेलबाट ४० अंक भएको छ । वेष्टह्याम भने २१ खेलमा ३५ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार
प्रतिक्रिया