तुलसीपुरको बिरेन्द्र चौकबाट अभियानको सुरुवात गरीएको थियो । उद्योग बाणिज्य सँघका अध्यक्ष विमल रीजालको अध्यक्षता तथा नवनिर्वाचित मेयर पाण्डेको प्रमुख आतिथ्यतामा अभियानको सुभारम्भ भएको थियो । उद्घाटन अवसरमा बोल्दै प्रमुख अतिथि पाण्डेले अभियान सवैको साझा भएकाले यसलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
साझा पहिचानका रुपमा रहेको अभियानले तुलसीपुरलाई चिनाएकाले सवैको साथ आवस्यक रहेको उहाले बताउनुभयो । सो आवसरमा उहाले सरसफाई सम्बन्धी नारा पढेर सुनाउनुभएको थियो । आजको अभियानमा मेयर उपमेयर सहित वडा अध्यक्षहरुको सहभागीता छ । अभियानको अगुवाई राप्ती बहिरा सँघले गरेको थियो । सरसफाई अभियानमा दर्जनौ सँघ सस्थाको सहभगिता रहेको छ ।
विरेन्द्र चौक बाट सुरु भएको सरसफाई अभियान वाहिनि चौकमा पुगि समापन भएको थियो । उद्घाटन कार्यक्रमको सहजिकरण बाणिज्य सँघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।।
प्रकाशित मिति : २०७४ असार २७ गते मङ्गलवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।