तुलसीपुरमा दाजुबहिनीबिच विहे गर्ने पक्राउ

तुलसीपुर, ८ माघ ।  दाजु बहिनीले विहे गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । बाँकेबाट ल्याएर ग्वारखोला नजिकै कोठा भाडामा बस्दै आएको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले दिउसो पक्राउ गरेको हो ।

तुलसीपुर उपमहागनरपालिका–१२ निबासी २० बर्षका युवकले पुस २७ गते आफ्नै सानीआमाको छोरीलाई भगाएर ल्याएका थिए । बाँकेको राप्ती सोनारी गाउँपालिका निबासी १६ बर्षकी किशोरी र युवकलाई प्रहरीले हिरासतमा राखेको छ ।

गोपिनियता खुल्ने भएकाले युवकको नाम खुलाइएको छैन । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले आफु बाहिर भएको र ल्याएको भन्ने मात्र सुनेको प्रतिकृया दिए ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया