प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लियो, एस्टोन भिल्ला सिटीसँग पराजित

काठमाण्डौ, ८माघ । म्यानचेस्टर युनाइटेड पुनः इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा पुगेको हो । म्यानचेस्टर युनाइटेडका लागि एडिन्सन काभानीले २१ तथा पउल पोग्बाले ६५ औँ मिनेटमा गोल गरे । फुलह्यामका लुकम्यानल खेलको पाँचौँ मिनेटमा नै गोल गरे पनि टिमलाई जिताउन सकेनन् । जितपछि शीर्ष स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको १९ खेलबाट ४० अंक भएको छ । फुलह्याम भने तालिकाको १८ औँ स्थानमा छ ।

यस्तै प्रिमियर लिग अन्तर्गत गएराति भएको अर्को खेलमा एस्टोन भिल्लालाई हराउँदै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । खेलमा म्यानचेस्टर सिटी २–० गोल अन्तरले विजयी भएको हो । म्यानचेस्टर सिटीका लागि बेरनार्डो सिल्भाले खेलको ७९ औँ मिनेटमा र इल्केइ गुन्डोगानले ९० औँ मिनेटमा गोल गरे । जित म्यानचेस्टर सिटी १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो ।

प्रकाशित मिति : २०७७ माघ ८ गते बिहिवार
प्रतिक्रिया