तुलसीपुरमा प्रहरीद्धारा चार कुईन्टल माछा नष्ट

तुलसीपुर, १६ पुस । तुलसीपुरमा साढे चार कुइन्टल माछा नष्ट गरिएको छ । सरकारले प्रतिवन्ध लगाएको मागुर जातको माछा बजारमा बिक्रीबितरण भइरहेको जानकारी आएपछि  तीनवटा पसलबाट बरामद गरेर राति ८ बजे नष्ट गरिएको बस पार्क प्रहरी पोष्टका इन्चाज सोमराज हमालले जानकारी दिए ।

मागुर प्रजातिका माछा खाँदा बल्डक्यान्सर लगाएतका घातक रोगहरु लाग्न सक्ने भन्दै यसको उत्पादन, ओसारपसारमा सरकारले प्रतिवन्ध लगाएको छ । मागुर जातको माछा भारतबाट ल्याएर तुलसीपुरकाे बसपार्कमा बेच्ने गरिन्छ ।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया