२०८३ भाद्र २४ गते बुधवार

निर्वाचनले पनी रोकेन अभियानलाई,४५ औ हप्ताको सरसफाई सम्पन्न

  शरद रेग्मी ,तुलसीपुर,१३ असार । दाङको तुलसीपुरमा संचालन भएको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानको ४५ औ हप्ताको सरसफाई अभियान आज निर्वाचनको एक दिन अगाडि समेत सम्पन्न भएको छ । निर्वाचनको सरगर्मि वढि रहेका वेला समेत आज बिभिन्न संघ संस्थाको सहभागितामा सरसफाई अभियान सम्पन्न भएको हो । आजको अभियानको नेत्रृत्व सञ्चार सञ्जाल दाङले गरेको थियो । महत्वपुर्ण चाड पर्वका वेला र पानि परेका वेला समेत नरोकिएको अभियान आज पनी सम्पन्न भएको हो । आजको अभियानको शुभारम्भ सल्यान नगरपालिकाका मेयर शुरेस अधिकारिले गर्नु भएको हो । सो अवसरमा बोल्दै अधिकारिले क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानले तुलसीपुरलाई राष्ट्रिय रुपमा परिचीत गराएको भन्दै खुसी ब्यक्त गर्नुभयो । उहाँले अभियानका कारण तुलसीपुर बजार सरसफाई युक्त रहेको भन्दै आयोजक संस्थाहरुको कार्यको प्रशंसा समेत गर्नुभयो । त्यसैगरि मेयर अधिकारिले अभियानमा सवैको साझा सहयोग आवश्यक भएको भन्दै अभियानलाई निरन्तरता दिन सुझाव दिनुभयो । त्यसैगरि मेयर अधिकारिले यो अभियानलाई आफुले सल्यानमा समेत शुरुवात गर्ने बताउनु भयो । सो अवसरमा आजको सरसफाई अभियानको नेत्रृत्व गर्ने संस्थाका यज्ञ बहादुर विकले पनी बोल्नु भएको थियो । आजको सरसफाई अभियानमा बिभिन्न सरसफाई सम्वन्धि नारा लेखिएका प्ले कार्ड हरु सहित सरसफाई गरिएको थियो । तुलसीपुरको विरेन्द्रचोकमा औपचारिक कार्यक्रम गरेर अभियानको शुरुवात गरिएको सरसफाई अभियान आज जेसीज चौकमा पुगेर समापन गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं सरसफाई अभियानका संयोजक विमल रिजालले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मी ले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०७४ असार १३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।