मिना बुढाथोकी,सल्यान ७ असार ।
सल्यानका जेष्ठ नागरिकले स्वास्थ्य उपचार गराउदा र यातायातमा पाउनु पर्ने विषेश छुट आफुहरुले नपाएको गुनासो गरेका छन । सरकारले दिएको प्रतिशत विशेष छुट आफुहरुले नपाएको भन्दै जेष्ठ नागरिक समाज सल्यानका अध्यक्ष कृष्ण उपाध्यायले सरोकारवालाको ध्यानआकर्षण गराएका छन । सल्यान सदरमुकाम खलंगामा भएको एक कार्यक्रममा उहाले आफुहरुले जेष्ठ नागरिक भएका कारण पाउनु पर्ने सेवा सुविधा बाट बन्चित भएको गुनासो गर्नु भयो ।
महिला तथा बालबाकिा कार्यालय सल्यानद्दारा आयोजित जेष्ठ नागरिक सम्बन्धी संवैधानिक र कानुनी व्यवस्थामा सरोकारवाला हरुको भुमिका विषयक अन्तरक्रियामा सहभागी अधिकांश जेष्ठ नागरिकले आफुहरु पाउनु पर्ने सेवा सुविधाबाट बन्चित भएकोमा दुख प्रकट गरेका थिए । बुढेसकालमा आप्mनो सन्तानले समेत अपहेलना गरेका तीता यथार्त समाजमा रहेको स्मरण गर्दै उनिहरुले सरकारले जुराई दिएको सेवा र सहुलियत उपभोग गर्न न पाएको र यस सम्बन्धी कसैको ध्यान पुग्न नसेकोमा समेत जोड दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै पमुख जिल्ला अधिकारी दिल कुमार तामांगले तत्काल सम्बन्धित निकाय संग छलफल गरी जेष्ठ नागरिकले पाउनु पर्ने विशेष छुटका लागी पहल गर्ने पतिबद्दता व्यक्त गर्नु भयो । भर्खरै सल्यान आउनु भएका प्रजिअ तामांगले कानुनले दिएका अधिकार सम्बन्धित पक्षले अनिवार्य रुपमा पाउनु पर्ने भन्दै उहाले समन्वयको कमीले गर्दा पनि कार्यानवयन पक्ष फितलो भएको बताउनु भयो ।
उहाले सरोकारवाला निकाय र कार्यान्वयन गर्ने पक्षका बिचमा मिडियाले पुलको काम गर्ने भएकाले यस्ता कुराहरुमा संचारमाध्यम हरुले दुरी कम गर्ने भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो । साथै उहाले कुनै पनि कार्य सम्पन्न गर्नका लागी तत्परताका साथ लाग्नु पर्ने र सबैले हातेमालो गर्दै अगाडी बढेमा काम सहजै सम्पन्न हुने हुदा आफुले गर्ने काममा पनि सबैको साथ र सहयोग को अपेक्षा गरेको बताउनु भयो ।
कार्यक्रममा महिला विकास अधिकृत राजकुमारी राईले जेष्ठ नागरिक हरुका लागी कानुनी रुपमा रहेका हक अधिकार लगायतका विषयमा जानकारी दिनु भएको थियो । जिल्ला जेष्ठ नागरिक कल्याण समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी खिम बहादुर रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन हरप्लेस सल्यानका संयोजक रामचन्द्र रेग्मीले गर्नु भएको थियो ।