
तुलसीपुर, ११ मंसीर । तुलसीपुरका पौडेल गोली लागेर घइते भएको स्थानदेखि ५ मिटर टाढा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काको नेतृत्वमा गएको प्रहरीको टोलीले भरुवा एक थान भरुवा बन्दुक फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटी निवासी ४५ बर्षीय खुशलराम पौडेल गोली लागेर घाइते भएको खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले बन्दुक फेला पारेको हो । घाइते पौडेलको भारतको लखनौमा उपचार भइरहेको छ ।
शिकार खेल्न गएका कारण घटना भएको लगभग निश्कर्षमा पुगेको प्रहरीले पौडेलको गाउँमा पुगेर अनुसन्धान सुरु गरेको गरेको छ । गाउँमा पुगे पनि युवक देखि वृद्ध समेत गाउँमा नभेटिएको र सम्पर्क बिहिन भएको डिएसपी सिंहले बताए । पौडेलको पुठामा ३ वटा र दाहिने खुट्टाको तिघ्रामा थप २ वटा गोलि लागेको अवस्थामा गए राति साढे ९ बजे फेला परेका थिए ।