दाङमा फेम्ली रेष्टुरेन्टबाट डेढलाखसहित जुवाडे पक्राउ

तुलसीपुर, ८मंसीर / दाङमा तास खेल्दै गरेका ७ जना झण्डै डेढलाख सहित प्रहरीको फन्दामा परेका छन् । लालमटिया स्थित राप्ती फेम्ली रेष्टुरेन्टमा तास खेल्दै गर्दा उनिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही ठाउँका अक्कबर हुसेन मिया, अल्ली शाह, कृष्ण बहादुर राना, यम बहादुर राना, रुपेश आले, एडिस मिया र चुमान सिंह सुनार रहेका छन् ।

उनिहरुको साथबाट प्रहरीले एक लाख ४६ हजार नगद र १० गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया