
विराटनगर, ७ मंसीर — नेत्र विक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका सेक्सन कमाण्डर पक्राउ परेका छन् । शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ रमाइलो टोलस्थित एक घरबाट प्रहरीले ३२ वर्षीय पेम्बा सांगे शेर्पालाई पक्राउ गरेको हाे।
प्रहरीले एक थान पेस्तोल, ७.६५ लेखिएको तीन गोली लोड भएको सोहि पेस्तोलमा लाग्ने १ म्यागजिन समेत बरामद गरेकाे छ । उक्त हतियारमा ‘अटो पिस्टल यूएसए’ लेखिएको प्रहरीले जनाएको छ । उनी ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का बासिन्दा हुन् ।
गोप्य सूचनाको आधारमा शनिबार दिउँसो १ बजे खान तलासी गर्दा एक स्थानीयको एक तल्ले पक्की घरको कोठाभित्र बसिरहेको अवस्थामा उनी पक्राउ परेका मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार