बलात्कार र डाँकाचोरी अभियोगमा फरार पारस पक्राउ

तुलसीपुर, ६ मंसीर ।डाँकाचोरी र जबरजस्तीकरणी अभियोगमा फरार एक युवक झण्डै ३ बर्षपछि पक्राउ परेका छन् । तुलसीपुरको राम्रीमा बस लुटपाट र एक युवतीलाई तुलसीपुरको एकान्त होटेलमा बलात्कार गरेको अभियोगमा फरार घोराही उपमहानगरपालिका–५ निबासी पारस केसी पक्राउ परेको प्रहरीले जनएको छ ।

जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका ११ सुकौराबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए  । ओरोपी केसीले २०७४ मंसीर ७ गते राति राम्रीमा वस रोकी सुधिर कुमार पहरलाई कुटपिट गरी नगद ६० हजार र मोबाईल लुटेको आरोप छ ।

त्यसैगरी २०७५ पुष २१ गते टेक्टर चालक राजकुमार गुरुङलाई कुटपिट गरेको, घोराही एक १६ बर्षकी युवतीलाई ७४ साल चैत्र २१ गते एकान्त होटेलमा बलात्कार गरेको र काठमान्डौबाट पक्राउ गरेर दाङ ल्याउँदै गर्दा मौरीघाटमा गाडीबाट हाम फालेर भागेको आरोप छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया