कराँची किङ्ग्सले जित्यो पीएसएल ट्वेन्टी ट्वेन्टी लिगको उपाधि

काठमाण्डौ, ३ मंसिर ।कराँची किङ्ग्सले पाकिस्तान सुपर लिग (पीएसएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि जितेको छ ।

कराँचीमा रहेको नेसनल स्टेडियममा गएराति भएको फाइनलमा लाहोर कलान्दर्सलाई ५ विकेटले पराजित गर्दै कराँचीले उपाधि जितेको हो । लाहोरले दिएको १ सय ३५ रनको लक्ष्य कराँचीले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

पहिलो पटक फाइनल पुगेको कराँचीले पहिलो अवसरमै उपाधि जितेको हो ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया