गफ होइन काम गर्छु : डिएसपी सिंह

तुलसीपुर, १ मंसीर । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले गफमा भन्दा पनि काममा विश्वास गर्ने बताएका छन् । चाडपर्वको समयमा हुनसक्ने संभावित दुर्घटनालाई मध्यनजर गर्दै तुलसीपुर बजारका आधादर्जन क्षेत्रमा एकैपटक कडा सुरक्षा चेकजाँच गरेका डिएसपी सिंहले यस्तो बताएका हुन् ।

चाडपर्वको समयमा लुटपाट, चोरीडकैति र दुर्घटना समेत हुनसक्ने भएकाले बजार भित्रीने र बाहिरीने क्षेत्रमा प्रहरी परिचालन गरिएकाे सिंहले बताए ।

प्रहरीले तुलसीपुरको वीपी चोक, हात्तिखौवा, बसपार्क, गुम्राह चोक, सल्यान रोडमा चेकजाँच गरेको थियो । ट्राफिक नियम विपरित संचालित मोटरसाईकल, अटो, जीप र बस गरेर एक सय ९१ वटा सवारी साधनलाई कारबाही गरेको  प्रहरीले  जनाएकाे छ ।

फाेटाे : पत्रकार शरद रेग्मीकाे फेसवुकबाट 

प्रकाशित मिति : २०७७ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया