गेहेन्द्रले मेयरमा टिकट पाएपछि कांग्रेसमा विवाद, निर्णय नसच्याए दुर्घटना हुन्छ असन्तुष्ट पक्ष

तुलसीपुर, २ असार
तुलसीपुरमा मेयरको टिकटको विषयलाई लिएर नेपाली कांग्रेसभित्र विवाद सुरु भएको छ । तुलसीपुर उप महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा पूर्व सांसद गेहेन्द्र गिरीले टिकट पाएपछि कांग्रेसभित्र द्वन्द्व सुरु भएको हो । गिरीले मेयरमा टिकट पाएको ३ दिन वित्न नपाउदै दाङ कांग्रेसमा ठूलो प्रभाव राख्ने कांग्रेस केहि नेताहरुले विज्ञेप्ती जारी गरेर निर्णय पुनर्विचार गर्न माग गरेका छन् ।

कांग्रेस महाधिवेसन प्रतिनीधि तेजबहादुर बस्नेत लगाएतका केहि नेताहरुदारा जारी संयुक्त विज्ञेप्तीमा जनता र कार्यकर्ताको भावना विपरित केन्द्रीय कमिटीले कम्जोर व्यक्तिलार्ई उम्मेदवार उठाएकाले निर्णय पुनर्विचार गर्न आग्रह गरिएको छ ।
जित्न सक्ने र सक्षम व्यक्तिलाई आश्वासन दिएर खुमबहादुर खड्काले २ महिनासम्म काठमान्डौमा झुलाएको भन्दै कांग्रेसका असन्तुष्ट नेताहरुले तत्काल निर्णय नसच्याए  दुर्घटना हुनसक्ने विज्ञेप्ती मार्फत चेतावनी दिएका छन् । मेयरको आकांक्षीमा घनश्याम रेग्मी, तेजबहादुर बस्नेत, जगत खड्का, शंकर गिरी लगाएतका नेताहरु थिए ।

प्रकाशित मिति : २०७४ असार २ गते शुक्रवार
प्रतिक्रिया