देउखुरी, २६ कार्तिक ।स्थानीयले लमही भालुवाङ सडक अवरुद्घ गरेका छन् । गएराति मौरिघाटमा ट्रक र मोटरसाइकल ठोक्किदा तिनजना किशोरको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलबाटबाट पल्टिरहेको ट्रक उठाउन लागेको भन्दै, पिडित पक्षहरूको सहमति बिना शब उठाएको भन्दै पिडितहरूले लमही भालुवाङ सडक खण्डको मौरीघाटमा सडक अवरुद्ध गरेका हुन् । घटनास्थलमा प्रहरी र पिडित पक्ष विच छलफल भइरहेको छ । लमही भालुवाङ सडक खण्डमा ढुंगा राखेर बाटो अवरुद्ध गरिएको हो ।
प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार






