तुलसीपुर, २६ कार्तिक । पश्चिम दाङमा पछाडीबाट आएको मोटरसाईकल बसमा ठोक्किदा एक जनाको मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बबई गाउँपालिका–६ कट्कुईयाँ निबासी ४६ बर्षका चित्र बहादुर डाँगी रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरका इन्चार्ज मोहन विक्रम केसीले जानकारी दिनुभयो ।
त्यसैगरी घाईते कौसीलापुर निबासी ४० बर्षका मानबहादुर देवकोटाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चरकमटीयबाट तुलसीपुरका लागि छुटेको ना३ख ६३१० नम्बरको बसमा पछाडीबाट आइरहेको रा४प ४८६ नम्बरको मोटरसाईकल ठोक्किदा दुर्घटना भएको हो ।
प्रकाशित मिति : २०७७ कार्तिक २६ गते बुधवार





