तुलसीपुर २३ कात्तिक । फोकस युवा क्लबको आयोजनामा आईतवार देखी तुलसीपुर ७ तमाखेमा फुटबल प्रतियोगिता सुरु भएको छ । क्लबका अध्यक्ष सुमन भण्डारीले खेलाडीलाई बल हस्तान्तरण गरि सुरुवात गरेका हुन् । प्रतियोगिताको पहिलो दिन सुरुमा सुर्योदयले युवा क्लब गणेशपुर र कोपिला क्लब रक्षचौर बिच खेल भएको थियो । सोही खेलमा सुर्योदय युबा क्लबले १(० गोल अन्तरले जितेको छ । सुर्योदय युबा क्लबका अर्जुन नेपालीले ५५ औँ मिनेटमा निर्णायक एक गोल गरे ।
यस्तै पहिलो दिनको दोस्रो खेलमा मुनाल युवा क्लब तुल्सिपुर र बिहानी युवा क्लब तुल्सिपुर १५ भोजपुर बिच खेल भएको हो । उक्त खेलमा बिहानी युबा क्लबले २(१ गोल अन्तरले जितेको हो ।
तेस्रो खेल रानिघाट युवा क्लब तुलसीपुर ७ र बि एस युबा क्लब रानिजरुवा बिच भएको थियो । उक्त खेलमा बि एस क्लवले १(० गोल अन्तरले जितेको हो । क्लवका पवनले दोस्रो हाफको ५५ औँ मिनेटमा एक गोल गरेका थिए । सोमवार विहान ८ बजे हुने अर्को खेलमा कचिला युवा क्लब र युथ अफ तुलसीपुर प्रतिस्प्रर्धा हुने आयोजकले बताएको छ । खेलमा प्रथम हुने क्लबलाई खसी र प्रमाणपत्र र दोस्रो हुनेलाई नगद ६ हजार सहित र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।






