तुलसीपुर, २२ कार्तिक । दाङकाे तुलसीपुरमा बलात्कार विरुद्ध प्रर्दशन गरिएको छ । अझै कति सहने ? अभियान अन्तर्गत अ रेपिष्ट इन योर पाथले दाङसहित देशैभर एकै पटक सामुहिक प्रदर्शन गरेकाे हाे ।
७ बुँदे माग सहित दिउँसो ३ बजे तुलसीपुर सहित देशैभर सामुहिक प्रदर्शन गरेकाे अझै कति सहने ? अभियानका अभियन्ता स्वीकृती डाँगीले जानकारी दिइन् ।
सरकार तेरो पाराले दुःख पायो साराले, बलात्कार कहिले सम्म हामी चुप जहिलेसम्म, पितृ सत्ताको नियमले हामलाई सधै अन्याय गर्छ, अझै कति सहने, मेरो दोष कसरी, हामी चुप कहिले सम्म, स्टोप रेप जस्ता नारा लेखिएका प्ले कार्डसहित किशाेरीहरु प्रर्दशनमा उत्रिएका थिए ।त्यसैगरी घाेराहिमा पनि सामुहिक प्रदर्शन गरिएकाे छ ।
पाथले जबरजस्ती करणीमा हदम्याद नलाग्ने व्यवस्था हुनुपर्ने, जबरजस्ती करणी कसुर भए कम सजाय तोक्न नमिल्ने व्यवस्था हुनुपर्ने, राष्ट्रपतिद्धारा यस कसुरमा माफि वा मुल्तवी, परिवर्तन वा कम सजाय दिन नमिल्ने व्यवस्था हुनुपर्ने, उमेर अनुसार कैद सजाय हटाई १८ बर्ष माथि भए जन्मकैद र मुनि भए आजीवन काराबासको व्यवस्था हुनुपर्ने लगायतका माग अघि सार्दै अाएकाे छ ।
बलात्कारीलाइ मृत्यु दण्डकाे सजाय हुनुपर्ने पक्षमा भने आफुहरु नभएको अभियन्नता डाँगीले बताईन । अ रेपिष्ट इन योर पाथले यस अघि पनि दाङसहित देशैभर प्रदर्शन गरेकाे थियाे ।





