२०८३ साउन १२ गते मङ्गलवार

देउखुरी क्रिकेट क्लवलाई जर्सी सहयोग

 देउखुरी, २१ कार्तिक। फोकस सरफ उद्योग लमहीले देउखुरी क्रिकेट क्लवलाई पन्ध्रवटा क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । फोकस सरफ उद्योगका संचालक शेरसिङ खड्का जेठो छोरा गौरव खड्काले बुधबार देउखुरी क्रिकेट क्लवका कप्तान अमित तामाङ र म्यानेजर प्रेम पुलामीलाई हस्तान्तरण गर्नु भएको हो ।

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जर्सी हस्तान्तरण गर्दै, संचालक शेरसिङ खड्काले खेलाडीलाई प्रोत्सान गर्ने उदेश्यले क्लवलाई पन्ध्रवटा जर्सी हस्तान्तरण गरेको बताए ।

क्लवले जर्सी सहयोग उपलब्ध गराउने संचालक शेरसिङ खड्कालाई क्वलका कप्तान अमित तामाङ र म्यानेजर प्रेम पुलामीले धन्यवाद ज्ञापन गररेका थिए । साथै जर्सी सहयोग गर्ने खड्का क्लवका आजीवन सदस्य समेत रहेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया