२०८३ बैशाख १६ गते बुधवार

स्कुटीको ठक्करबाट तुलसीपुरमा बुढाथोकी घाइते

तुलसीपुर, २० कार्तिक / तुलसीपुरमा स्कुटीले ठक्कर दिदा पैदलयात्रु घाइते भएका छन् ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा४प ५०७३ नम्बरको स्कुटीले तुलसीपुरको मोतिपुरमा ठक्कर दिदा तुलसीपुर –५ नामीनगर निबासी ५२ बर्षका अर्जुन कुमार बुढाथोकी घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाईते बुढाथोकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । स्कुटी चालक भने ठक्कर दिए लगत्तै भागेको र खोजी कार्य जारी रहेको प्रहरीले बतएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार
प्रतिक्रिया