२०८३ बैशाख ५ गते शनिवार

बाघलाई नियन्त्रणमा लिन तिन वटा हात्ती सहित प्रहरी परिचालन

दाङ, १९ कात्तिक । जंगली बाघलाई नियन्त्रणमा लिन तिन वटा हात्ती सहित प्रहरी टोली परिचालन गरिएको छ । बर्दिया गेरुवा गाउँपालिका ४ राजिपुरमा गएको शनिवार मान्छे मारेको बाघलाई नियन्त्रणमा लिनका लागी बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराबाट ३ वटा हात्ति सहित पशुचिकित्सक,रेन्जर,बन्यजन्तु प्राबिधिक र माउते र प्रहरी निरीक्षक सहित २२ जनाको टोली परिचालन गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसपिुर दाङले जनाएको छ ।

बाघलाई नियन्त्रण गर्न बेस बनाई बसेको र खोजी कार्य भईरहेको प्रहरीले बताएको छ । मंगलवार देखी परिचालन गरिएको टोलीले उक्त बाघ फेला नपारेमा बुधवार थप जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया