तुलसीपुर, १८ कात्तिक । लमही नगरपालिकाको कार्यालय सहित दुई वडा कार्यालय एक साता सम्मको लागी सिल गरिएको छ । नगरपालिकाका केहि जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरकार्यालय सहित वडा नम्वर ३ र ४ को वडा कार्यालयलाई आगामी सोमवार सम्मका लागी बन्द गरिएको नगर प्रमुख कुल बहादुर केसीले जानकारी दिएका छन् ।
कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गदै एक साता सम्मको लागी तिन वटा कार्यालयबाट प्रवाह हुदै आएको नियमित सेवा बन्द गरिएको हो । नगर प्रमुख केसीले एक सुचना जारी गदै अति आबश्यक बाहेकका अन्य सवै सेवा बन्द गरिएको जानकारी दिएका छन् । साथै असुविधा प्रति क्षमा चाहान्छौ जारी सुचनामा भनिएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार












