डोटी, १८ कार्तिक— १५ वर्षीया किशोरीको बलात्कार पछि हत्या प्रयास आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत सुशील सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।उनलाई सोमबार राति कैलालीको सहजपुरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हाे ।
जोरायल गाउँपालिका–५ की किशोरीको बलात्कारपछि हत्या प्रयास गरेको भन्दै सोमबार दिउँसो परिवारले प्रहरी जवान सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएक थिए । निमित्त प्रमुख सिंहले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको बताए ।
कात्तिक १३ गते राति ११ बजे छोरीलाई घरमा सुतेकै कोठामा बलात्कार गरी सलले घाँटीमा बाँधेको र मृत्यु भएको ठानी कोदोबारीमा फालेको अवस्थामा फेला परेकाे किशोरीका बुबाले बताएका छन् । छोरीलाई उनले बिहान ३ बजे अर्धचेत अवस्थामा भेटेका थिए ।






