२०८२ पुष १ गते मङ्गलवार

अवैध यौनसम्पर्कबाट बच्चा जन्माई फालेको आरोपमा दुई जना पक्राउ

दाङ, १६ कात्तिक । अवैध यौन सम्बन्धबाट जन्मिएको बच्चा जंगलमा फालेको आरोपमा पुर्वी नवलपरासीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हुप्सेकोट गाउँपालिका वडा नम्वर ४ शंखदेव बस्ने ३९ बर्षकी पुनीसरा गाहा र सोहि वडाको कुटी बस्ने ४२ बर्षका टक बहादुर घर्तिमगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।

प्रहरीका अनुसार गएको कात्तिक ४ गते जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नम्वर ४ शिक्षा बोधनी स्कुलटोलको चुवा खोल्सा जंगलमा नाभि नकाटेको साल नाल सहितको ९ महिनाको नवजात शिशुको शव फेला परेको थियो ।

घटनाको अनुसन्धान गदै जादा अवैध यौन सम्वन्धबाट बच्चा जन्माई फालेको बुझिएको प्रहरीले बताएको छ । पक्राउ परेका विरुद्ध ज्यान सम्बन्धी कसुरमा नवलपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुसनधान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया