काठमाडौं – सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाइ कोरोना देखिएकाे छ । सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको बताएका छन् ।
आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्ने भन्दै घरमा दुई जना भएकाले केही समस्या नभएकाे घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले लापरबाही नगर्न सामाजिक सञ्चालमार्फत सुभाएका छन् ।
प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार





