खुट्टा काट्ने अपराधीलाई जसरी भएपनि समात्छु : डिएसपी सिंह

तुलसीपुर १२ कार्तिक / तुलसीपुरमा खुट्टा छिनाल्ने गरि भएको घटनामा संलग्न दोषीलाई जसरी भएपनि समात्ने  ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताएका छन् ।

दशै टिकाको दिन राति साढे ९ बजे तुलसीपुर उपमहागनरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विकको बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिरको भाग अज्ञात समूहले काटेर अलग गरिदिएपछि अनुसन्धानमा जुटेको प्रहरीले यस्तो प्रतियकृया दिएको हो ।

प्रहरीले हिजोसम्म ५० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान पछि ४४ जनालाई छोडेको छ भने ६ जनालाई राखेको छ । घटना स्थल, एकान्त र स्थानीयको असहयोगका कारण अपराधि पत्ता लगाउन निकै सकसपूर्ण रहेको  डिएसपी सिंहले  बताए ।

‘हामीहरु घटना भएको दिनदेखि लागिरहेका छौ । ठाउँ एकान्त छ । सामान्य मानिस भएकाले त्यस्तो रिसिवि पनि देखिदैन् ,’ डिएसपी सिंहले भने –‘अचम्मको घटना भएको छ । स्थानीयहरु बोल्नै मान्नुहुन्न । श्रीमानको फोन सोध्यो श्रीमतीले थाहा छैन भन्नुहुन्छ । अचम्मको ठाउँ रहेछ । तै पनि हरेस त मैले खाएको छैन । जसरी भएपनि पत्ता लगाउँछु  भन्ने आशा गरेको छु ।’

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया