तुलसीपुरको भोजपुरमा कुटपिटबाट नेपाली घाइते

तुलसीपुर, १२ कार्तिक / तुलसीपुरको भोजपुरमा दुई युवाको कुटपिटबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ तुईखोला निबासी ३५ बर्षका तुलसी नेपाली रहेका छन् ।

दसैंको टिका लगाउन तुलसीपुर १४ भाेजपुर रहेकाे  माइतीमा आएका नेपालीलाई गएराति १२ बजे सोही ठाउँ निबासी प्रकाश चौधरी र निराजन चौधरीले दाउरा र लाठीले हानेर घाइते बनाएको मलवार प्रहरीले जनाएको छ ।

घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको मलवार प्रहरी चौंकीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया