तुलसीपुरमा अनुसन्धानका लागि ३५ जना प्रहरीको नियन्त्रणमा

निर्दोस फस्दैन , अपराधि उम्किदैन

तुलसीपुर, ११ कार्तिक । गएराति अज्ञात समूहले तुलसीपुर उपमहागनरपालिका–११ नवलपुर निबासी कुमार विकको बायाँ खुट्टा छिनालि दिएपछि प्रहरीले ३५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको सबैको नाम भन्न नसिकने प्रहरीले बताएको छ ।

घटना लगत्तै फिल्डमा खटेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी शिव बहदुर सिंहले अपराधि नफुत्किने र दोषी न उम्किने गरि अनुसन्धान अघि बढाएको बताएका छन् । घटना स्थल एकान्त ठाउँ भएको र कुनै व्यक्तिसंग रिसराग नभएको खुलेकाले अनुन्धानमा केहि कठिनाई भइरहेको डिएसपी सिंहले बताए ।

यसैबिच दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, दाङका प्रहरी प्रमुख गणेस चन्द घटना स्थलमा पुगेर त्यहाँको बस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । तुलसीपुर १२ टरिगाउँमा रहेको भान्जाको बिहेमा भोज खाएर घर फर्किदै गरेका विक तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा जाने सडकमा अपरिचत समूहले बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिर काटेर अलग गराएको अवस्थामा गएराति साढे नौ बजे फेला परेका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया