वडाध्यक्ष सहित ११ जुवाडे पक्राउ

गुल्मी ,११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन प्रसाद पाण्डे सहितको टोलीलाई प्रहरीले होटल एभरग्रीनबाट पक्राउ गरेको हो ।

सोमबार राति विशेष सूचनाका आधारमा होटलमा छापा मार्दा ११ जना जुवाडेलाई पक्राउ गर्नुका साथै ३२ हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया