खुट्टा काटिदिएको आरोपमा घाइतेका भान्जासहित ६ जना पक्राउ

तुलसीपुर, ११ कार्तिक । गएराति अज्ञात समूहले तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विकको खुट्टा काटिदिएपछि अनुसन्धनका लागि भान्जा सिहत ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले तुलसीपुर–१२ निबासी भान्जा नाता पर्ने गणेस विक, सोही ठाउँका संजय चौधरी, घोराही नगरपालिका–१४ निबासी अविनास चौधरी, दंगिशरण गाउँपालिका–४ बैबाङ निबासी सन्तोष चौधरी, तुलसीपुर–१० निबासी जुगदया चौधरी, र सागर चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको छ ।

‘घटनामा संलग्न दोषी यीनीहरु हुन् भन्ने कुरा भएन ’, प्रहरी स्रोतले भन्यो –‘घटनाक्रमले दोषी हुनपनि सक्छन नहुनपनि सक्छन् । सोधपुछका लागि लिएका हौं ।’

भान्जाको बिहेमा भोज खाएर घर फर्किदै गरेका विकलाई तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा जाने सडकमा अपरिचत समूहले बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिर काटेर अलग गराउनुका साथै दुबैहातका हत्केला र औंलामा समेत खुकरीको गहिरो चोट लागेको अवस्थामा गएराति साढे नौ बजे घाईते अवस्थामा फेला परेका थिए ।

उनको नेपालगंज नर्सिङ होमा उपचार भइरहेको छ । अस्पतालले काठमान्डौ रिफर गरेपनि आर्थिक अभावका कारण त्यही राखेको छोरा सुरेश विकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया