खुकुरी प्रहारबाट तुलसीपुरकाे पड्ढामा विक गम्भिर घाइते

तुलसीपुर, १० कार्तिक । अज्ञात समूहले खुट्टा काटिदिएपछि एक व्यक्ति गम्भिर घाईते भएका छन् । घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन् ।

आफन्तकोमा बिहेमा गएका बिकलाई घर फर्किने क्रममा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा जाने सडकमा राती साढे ९ बजे अपरिचत समूहले बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिर काटेर अलग गराउनुका साथै दुबैहातका हत्केला र औंलामा समेत खुकरीको गहिरो चोट लागेको छ ।

घाइतेको विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । घटनामा संलग्न व्यक्तिको खोजीकार्य तिब्र पारेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया