तुलसीपुरमा ढुङ्गा प्रहारबाट चौधरी गम्भिर घाइते

तुलसीपुर, १० कार्तिक । तुलसीपुरको गोलौरामा ढुङ्गा प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० गोलौरा निबासी ४० बर्षका दुर्गा चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

सामान्य विवाद पछि सोही ठाउँका असोक चौधरी र विजय चौधरीले ढुङ्गा प्रहार गरेको प्रहरीले बताएको छ । घटनामा संलग्न आरोपीको खोजी कार्य जारी राखेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । घटना राती ८ बजे भएकाे थियाे ।

प्रकाशित मिति : २०७७ कार्तिक १० गते सोमवार
प्रतिक्रिया