सामुहिक कुटाईबाट तुलसीपुरको खुमखानीमा ३ जना घाईते

तुलसीपुुर ९ कार्तिक । युवाहरुको सामुहिक कुटाईबाट तुलसीपुरमा ३ जना घाईते भएका छन् । घाइते हुनेमा तुलसीपुर –४ खुमखानी निबासी निबासी रेशम बहादुर घर्ती, कुमल सुनार र मोहन सुनार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । कपुरकोट गाउँपालिका–२ सिमलकुनाबाट चित्र बहादुर थापाको नेतृत्वमा आएका ७/८ जनाको समूहले गएराति खुमानी गाउँमै कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । खुमखानी र सिमलकुना दाङ र सल्यानको सिमना पर्दछ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको पक्राउ गर्न सल्यान प्रहरीसंग समन्वय भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ९ गते आइतवार
प्रतिक्रिया