मृत्युको मुखबाट बचाईन श्रीमतीले श्रीमानलाइ

तुलसीपुर, ९ कार्तिक / पश्चिम दाङमा मृत्युको मुखमा पुगेका श्रीमानलाई श्रीमतीले बचाएकी छन् ।

घरनजिकै रहेको जंगलमा सालको रुखमा पासो लगाएका दंगीशरण गाउँपालिका ६ खड्कपुर निबासी २६ बर्षका शेर बहादुर चौधरीलाई श्रीमती सुशिला चौधरीले डोरी काटेर मृत्युको मुखबाट बचाएकी हुन् । घरयासी सामान्य विवादका कारण उनि आत्महत्या गर्ने भन्दै जंगलमा गएर पासो लगाएका थिए ।

‘सामान्य विवाद पछि उहाँ जंगल तिर जानुभयो,’ एक छिनपछि म पनि किन जानुभयो भनेर गए,’ सुशिलाले भनिन–‘ त्यहाँ पुग्दा त सालको रुखमा पालाष्टिकको डोरी लगाएर झुण्डी सेको देखेपछि झट्पट आँसीले डोरी काटे ।’ चौंधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २०७७ कार्तिक ९ गते आइतवार
प्रतिक्रिया