२१ थान गाेली सहित भरूवा बन्दुक सशस्त्र प्रहरीकाे नियन्त्रणमा

काेइलाबास, ८ कार्तिक ।  भारतसँग जाेडिएकाे दाङको काेइलाबास नाकाबाट गए राति दशबजे लाेड गरिएको एक नाल भरूवा बन्दुक सहित विभिन्न अवैध हात हतियारहरू सशस्त्र प्रहरीले बरामद गरेकाे छ ।

गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा समुदायिक भालुखाेला जंगल बाेर्डर क्षेत्रमा पटाेल (गस्ती)गर्ने क्रममा गस्ती टाेलीलाई देख्नेबित्तिकै अवैध हतियार छाेडेर एकजना भारततर्फ भगेपछि लाेड गरिएको एक नाल भरूवा बन्दुक, बन्दुकमा प्रयोग हुने २१ थान गाेली, बारूद, दुई डिब्बा, तिनवटा केप, खुकुरी एक थान र एक थान चक्कु बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासनाकाका प्रमुख माधवप्रसाद ढुङगेलले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासनाकाका प्रमुख  ढुङगेलकाे कमान्डमा गस्ती टाली त्यस क्षेत्रमा खटेकाे थियाे ।  र्डपर्वकाे बेला कुनै पनि अपराधी घटना घटाउने सक्ने वा नेपाल भारत सिमाक्षेत्रमा जंगली वन्यजन्तुकाे अवैध चाेरी सिकारी हुनसक्ने भन्दै  सशस्त्र प्रहरी बलले गस्ती बढाएकाे छ ।

शनिबार उक्त हातहतियारहरू आवश्यक कार्वाहीकाे लागि इलाका प्रहरी कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी बल २९ नम्बर गण हेकुवा ज्वालामाई गण भालुवाङ्का एसपी  टाेपबहादुर खनालले जानकारी दिए ।

नाकाको अन्य बैकल्पिक बाटो प्रयोग गरेर तस्करीहरुले गर्ने तस्कर र सिमा अपराध नियन्त्रण गर्नको लागी मुसि, खबरी र गुरुङ्नाकामा पन्ध्रजनाको दरले पैतालिस जना सशस्त्र प्रहरी बल परिचालित गरिएको छ ।

 

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया