अटो चालकलाई कुपिट गर्ने दुई युवा तुलसीपुर प्रहरीको नियन्त्रणमा

तुलसीपुर, ८ कार्तिक / अटो चालकलाई कुटपिट गरेको आरोपमा दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शान्तिनगर गाउँपालिका–७ धमकापुर निबासी २४ बर्षका अटो चालक पुर्ण बहादुर रानालाई कुटपिट गरेको आरोपमा दंगीशरण गउँपालिका–७ श्रीगाउँ निबासी १९ बर्षका नविन डाँगी र सविन डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अटोलाई पश्चिम तर्फ जान नदिने भन्दै युवाले  रोकेपछि भएको सामान्य विवादमा  रानालाई कुटपिट गरेका थिए । रानाको टाउकोमा गहिरो चो लागेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया