तुलसीपुरमा एक पाउ गाँजा सहित ४ जना क्राउ

तुलसीपुर,८  कार्तिक ।  तुलसीपुरमा एक पाउ गाँजा सहित ४ जना किशाेर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर ७ निबासी १९ बर्षका शिव विक, १६ बर्षका धिरज परियार , १६ बर्षका अनिल नेपाली र १५ बर्षका प्रविन परियार रहेकाे प्रहरी स्राेतले बताएकाे छ । पक्राउ परेका सबैलाइ इलाका प्रहरी कार्यालयकाे हिरासतमा राखिएकाे छ ।

गाँजा सेवन गर्दै गरेकाे भन्ने सूचनाका आधारमा गएकाे प्रहरीले उनिहरूलाइ पक्राउ गरेकाे हाे । पक्राउ परेकाहरूकाे साथबाट एक पाउ गाँजा समेत बरामद गरेकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया