एसपीका बिरुद्ध अख्तियारमा उजुरी

इटहरी, ७ कार्तिक / सुनसरीका एसपीका विरुद्ध अख्तियारमा उजुरी परेको छ । एसपी कमल थापा कमाउ भन्दामा लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विभिन्न मुद्धामा आर्थिक प्रलोभन राखेको भन्दै एसपी थापा विरुद्ध अख्तियारमा उजुरी परेको हो ।अख्तियारमा उजुरी परे सँगै अख्तियारले प्रदेश प्रहरी कार्यालय विराटनगरलाई पत्र काटेको हो ।

आगुऔषध तथा सुर्तीजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परे पछि छानविन समिति समेत गठन भएको छ । एसपी थापाले वोर्डर क्षेत्रमा समेत आफ्नो सेटिङको प्रहरी राखेर तस्करी समेत गर्दै आएको भन्दै व्यापक गुनासो छ । लागु औषधमा पैसा माग्ने मिल्यो भने छोड्ने पैसा नदिए मुद्धा चलाउने गरेको गुनासो सहित उजुरी परे पछि छानविन सुरु भएको हो ।

पछिल्लो समयमा हरियो मटर पनि तस्करी हुने गरेको छ । सुनसरीको सिमावर्ती क्षेत्रबाट प्रहरीकै संलग्नतामा हरियो मटर तस्कर भईरहेको सुनसरीकै एक प्रहरीले बताए । प्रदेश १ का प्रहरी प्रमुख डिआईजी इश्वरबाबु कार्कीले सुनसरीको एसपी थापाको उजुरी परेको बताए । उने भने सामान्य विषय हो कुनै रिसिईवीको आधारमा पनि उजुरी परेको हुन सक्ने भन्दैे एसपी मनोज यादवको नेतृत्वमा समिति बनाएको भन्दै पुर्वेली न्युजले खबर लेखेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया