प्रहरी जवानको पनि शव भेटियो

कैलाली, ४ कात्तिक/ काठटमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवानको शव मोहना नदी नजिकै भेटिएको छ ।

प्रहरी बिटका इन्चार्ज तथा असई गोविन्द विकको शव भेटिएको गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

गएको शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेका थिए ।
विकको शव मोहना नदीमा भेटिएको थियो । सम्पर्कविहीन भएका जवान साउदको शव ४ दिनपछि भेटिएको हो ।  घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

फाइल फाेटाे । 

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया