अमेरिकी डलर देखाएर ठगी गर्ने ३ जना पक्राउ

तुलसीपुर, ३ कार्तिक / अमेरिकी डलर देखाएर ठगी गर्न खोजेको आरोपमा दाङमा श्रीमान श्रमती सहित ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–५ गल्छी निबासी ३१ बर्षकी शर्मीला कोईराला, निजको श्रीमान ५६ बर्षका रामबहादुर तामाङ, बाँकेको राप्ती सोनारी गाउँपालिका–३ निबासी २८ बर्षका मंगल प्रसाद थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेस चन्दले जानकारी दिएका छन् ।

१० लाख नेपाली रुपैयाँसंग अमेरिकी डलर साट्दै गरेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले लमही नगरपालिका– ९ अमिलियामा रहेको बस्नेत होटेलबाट आइतबार राति उनिहरुलाई पक्राउ गरेको हो ।

२० रुपैयाँका अमेरिकी डल ८ थानलाई एकातिर ५ र अर्को तिर ३ बनाएर बिचमा सेतो कागजलाई नोट आकारमा राखेर एक बण्डल बनाएको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आरोपीलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाएको प्रहरी उपरीक्षक चन्दले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया