बलात्कार गर्न खोजेको आरोपमा तुलसीपुरमा धिताल पक्राउ

तुलसीपुर, १ कार्तिक / जबरजस्ती करणी गर्न खोजेको आरोपमा तुलसीपुरको भमकेबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१ भमके निबासी ३८ बर्षका बुद्धिराम धिताल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

शुक्रबार राति ११ बजे ४८ बर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेको धितालमाथि आरोप लागेको छ । महिलाले आजै ईलाका प्रहरी कर्यालय तुलसीपुरमा जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकी छन् ।  आरोपीलाई चिरेघाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १ गते शनिवार
प्रतिक्रिया