तुलसीपुरका प्रवक्ता सहित ११ जनामा कोरोना पुष्टि

तुलसीपुर, ३० असोज । तुलसीपुरमा शुक्रवार उपमहानगरपालिकाका नगर प्रवक्ता सहित ११ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट गरिएको स्वाव शुक्रवार परिक्षण गर्दा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता सहित ११ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

उनका अनुसार फिवर क्लिनिकबाट ७ र राप्ती प्रादेशिक आयुवेदिक अस्पतालबाट असोज २५ गते लिएको गरी जम्मा २३ जनाको कोरोना परिक्षण गरिएको हो ।

संक्रमित हुनेमा तुलसीपुर वडा नम्वर ३ का ७ बर्षिया बालिका , वडा नम्वर ५ का ३७ र २४ वर्षका दुई पुरुष, वडा नम्वर ६ का ३३ वर्षका पुरुष र ८ बर्षिया बालिका, वडा नम्वर ७ का २६ बर्षिय पुरुष र ५५ बर्षिया महिला, वडा नम्वर ११ का ४८ बर्षिय एक पुरुष, वडा नम्वर १२ का ५१ बर्षिय पुरुष, वडा नम्वर १५ का ३१ बर्षिय र वडा नम्वर १८ का ३७ बर्षिय एक पुरुषमा पनि कोरोना पुष्टि भएको हो । शुक्रवार संक्रमित हुनेमा उमहानगरपालिकाका गाडी चालक, आयुवेदिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लगाएतका रहेका छन् ।यो संगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या ३७२ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया