त्रिशिद्धेश्वरीले चुम्यो ईन्टर दाङ टि २० क्रीकेटको उपाधी

तुलसीपुर, २९ असोज ।ईन्टर दाङ टि २० क्रीकेट २०७७ को उपाधी त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसिपुरले हात पारेको छ ।हेल्पिङ सौल दाङको आयोजनामा महेन्द्र माबी खेल मैदान तुलसिपुरमा बिहिवार सम्पन्न फाईनल खेलमा ज्ञान ज्योती स्पोर्ट्स एकाडेमी तुलसीपुरलाई ८ रनले पाखा लगाउदै त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लबले उपाधी हात पारेको हो । उपाधी संगै उसले नगद २५ हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पारेको प्रतियोगिता का संयोजक आभाष बुढाथोकीले जानकारी दिए ।

उता फाईनलमा पराजित ज्ञानज्योती नगद १० हजार, ट्रफी,मेडल, प्रमाणपत्र मा चित्त बुझाउदै उपबिजेतामा सिमित रह्यो । टस जितेर ब्याटिङ रोजेको त्रिशिद्धेश्वरीले १८ दशमलव ५ ओभरमा अलआउट हुदै ७७ रन बनाएको थियो । जसमा त्रिशिद्धेश्वरीका युब राज ओलि र भरत ओलिले समान १७ \१७ रनको योगदान दिएका थिए । बलिङ तर्फ ज्ञानज्योतीका प्रकाश श्रेष्ठले सर्वाधिक ४ विकेट लिए भने कमल ओलि ले २ विकेट लिए । प्रतिउत्तरमा ७८ रनको बिजयी लक्ष्य पाएको ज्ञानज्योती १५ दशमलव १ ओभरमा ६९ रन अलआउट भयो । जसमा प्रबिन अधिकारीले १९ रन बनाए ।

बलिङ तर्फ संकर बुढाले सर्वाधिक ४ विकेट लिए भने स्माईल अन्सारी र सन्दिप डागि समान २\२, तथा तिलक बौडेल र करण सार्कि ले समान १\१ विकेट लिएका थिए । म्यानअफ द फाईनल त्रिशिद्धेश्वरीका संकर बुढा भए ।कोरोना भाईरसका कारण ठप्प बनेको जिल्ला को खेलकुद गतिबिधी लाई चलाएमान बनाउने उदेश्यका साथ आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो भने खेलहरु लिग कम नकाउटका आधारमा खेलाईएको थियो । प्रतियोगितामा अम्पायर को भुमिकामा नव राज केसि,सचिन सुवेदी र स्कोररमा सचिन देवकोटा रहेका थिए ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया